जनयुद्धका घाइतेहरुको ‘नमेटिने घाउ’ सार्वजनिक

तामसालिङ खबर
१९ भाद्र २०७६, बिहीबार १६:४७

भदौ १९, काठमाडौं – दशवर्षे जनयुद्धमा दौरानमा घाइते भएका र अंगभंग भएका योद्धाहरुको सङ्घर्षको कथा समेटिएको पुस्तक ‘नमेटिने घाउ’ सार्वजनिक भएको छ । वुधवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा गृहमन्त्री रामवहादुर थापाले सो पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तक लोकार्पण गर्दै गृहमन्त्री थापाले जनयुद्धका सहिद, वेपत्ता योद्धा र घाइते योद्धाको योगदान विना नेपालमा संघीय गणतन्त्र असम्भव रहेको जिकिर गरे ।

घाइते योद्धा प्रतिष्ठानद्वारा प्रकाशित र राजेन्द्र किराँतीद्वारा सम्पादित सो पुस्तकमा जनयुद्धका ३५ जना योद्धाहरुका सङ्घर्षका गांथा समाविष्ट गरिएको प्रतिष्ठानका अध्यक्ष विजय साङपाङ्ले वताए । कुल २ सय ७० पृष्ठ रहेको पुस्तकको नेकपा नेता एवम् लेखक लेखनाथ न्यौपानेले चिरफार गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*