कांग्रेस निकट आदिवासी जनजाती विभागले ८ स्थानीय तहमा भेला गर्ने
भदौ १९, हेटौंडा – नेपाली कांग्रेस निकट आदिवासी जनजाती विभाग मकवानपुरले भदौ महिना भित्र मकवानपुरका ८ गाउँपालिकामा गाउँपालिका स्तरी भेला तथा संगठन सुदृढिकरण गर्ने भएको छ ।
विभागले मकवानपुरको पार्टी सभापति एवंम ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा मकवानपुरको ८ स्थानीय तहमा गाउँपालिकास्तरीय भेला तथा संगठन सुदृढिकरण गर्न लागेको संयोजक भीमबहादुर भोम्जनले बताउनु भयो ।
विभागले भदौ २२ गते बाग्मती गाउँपालिका, २३ गते बकैया, २५ गते भीमफेदी, २६ गते ईन्द्रशरोबर गाउँपालिकामा गाउँपालिकास्तरी भेला र संगठन सुदृढिकरण गर्ने भएको हो ।
त्यस्तै २७ गते मकवानपुरगढी, २९ गते मनहरी, ३० गते राक्सीराङ र भदौ ३१ गते कैलाश गाउँपालिकामा भेला तथा संगठन सुदृढिकरण गर्न लागेको संयोजक भोम्जनले बताउनुभयो ।
सबै गाउँपालिकास्तरीय भेलामा पार्टी सभापति एवंम ३ नम्बर प्रदेश संसदीय दलका नेता बानियाँको प्रमूख आतिथ्यतामा हुने र दुई नगरमा भने असोज दोश्रो साता सम्म सम्पन्न सम्पन्न गर्ने तयारी रहेको संयोजक भोम्जनले बताउनु भयो।






