मनहरीमा नेकपा गाउँकमिटिको पूर्णता

तामसालिङ खबर
१९ भाद्र २०७६, बिहीबार १८:२३

भदौ १९, मनहरी – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को कमिटीले पूर्णता पाएको छ । बिहिबार गाउपलिकाको मुकाम रजैयामा भएको कार्यक्रम मार्फत ७५ सदस्यीय गाउँपालिका कमिटीले पूर्णता पाएपछि सपथग्रहण गराइएको थियो ।

सपथग्रहण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एबम मकवानपुर इन्चार्ज बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा गाउँकमिटीका सदस्यहरुलाई सपथग्रहण गराएका थिए । सपथ ग्रहण गराउदै प्रमुख अतिथि खतिवडाले आफ्नो स्वार्थ भन्दा पार्टीलाई माथि राखी अघि बढ्न निर्देशन दिनुभयो ।

केन्द्रिय सदस्य एबम जिल्ला सह-इन्चार्ज कुमारी मोक्तानले सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै, कार्य एकता प्रक्रियापछि अब कुनै भेदभाव नगरीकन संगठन निर्माण र जनताको आधारभूत आवश्यकताहरुको परिपूर्तिका लागि कम्युनिष्ट पार्टीका सदस्यहरु लाग्नुपर्ने बताइन् ।

सपथ ग्रहण कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद ओमबहादुर ग्लान, जिल्ला सचिव प्रेमबहादुर पुलामी, जिल्ला कार्यालय सदस्यहरु बलराम बल, एकालाल श्रेष्ठ, प्रमिला लामा, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ, गोविन्दराम चेपाङ, लालबहादुर थापा लगायतको सहभागी रहेको थियो।

नेकपा मनहरी गाउँकमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव हेमलाल उप्रेतीले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*