भीमफेदीमा सुमो दुर्घटना हुदा ३ को मृत्यु, ८ जना घाइते

तामसालिङ खबर
२० भाद्र २०७६, शुक्रबार १७:४३

भदौ २०, भीमफेदी – हेटौडा कठमाण्डौ सडक खण्डको भीमफेदीमा सुमो दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका ६ जुरेखेतमा दुर्घटना भएको छ ।

दुर्घटना परि १० महिने नावालीका समरागी माझी, बिर बहादुर वाइबा, र महेन्द्र सहनी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वाइबा र सहनीको उपचारको क्रममा हेटौंडा अस्पतालमा निधन भएको प्रहरीले जनाइएको छ ।

त्यस्तै घाईते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाईवा, अनिता डिम्डुङ्, योगबहादुर डिम्डुङ्, महेन्द्र शाही, सविता माझी दलबहादुर हिम्डुङ रहेका छन् । सुमो १ सय मिटर तल झरेको छ भने ८ जना घाइते भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*