साहुको ऋण तिर्न नसकेपछि आत्महत्या
भदौ २१, बारा – प्रदेश नम्बर २ को बारामा एक जनाले साहुको कर्जा तिर्न नसकेपछि विष सेवन गरी आत्महत्या गरेका छन् ।
बाराको कोल्हबी नगरपालिका वडा नम्बर ३ प्रसौनाका अन्दाजी ४५ वर्षीय सतङ चौधरीले जितपुर सिमरा–१८ कुस्माडी नजिकै पसाह खोला किनारमा वियरसँग विष मिसाएर सेवन गरि आत्माहत्या गरेका हुन् ।
मृतकका छिमेकीका अनुसार कलैयाका कुनै साहुसँग लिएको कर्जा तिर्न नसकेर अब म मर्दैछु भनी परिवारलाई सतङले शुक्रबार खबर गरेका थिए । सतङकाे शव शनिबार बिहान प्रहरीले भेटाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






