बारामा हरियो किराले मकै सखाप पारेपछि..

बसन्त लामा
२२ भाद्र २०७६, आईतवार १६:१७

भदौ २२, बारा – निजगढ नगरपालिकाको वडा नम्बर ३ स्थित पिपलटारको अधिकांश कृषक चिन्तामा पर्न थालेका छन् । पिपलटारको स्थानीय कृषकले लगाएको मकै बालीमा अनौठो हरियो रङ भएको किराले सताउनु थाले पछि कृषकहरु चिन्तामा परेको हो ।

हरियो रङ भएको किराको कारण गोड्ने तयारी अबस्थामा रहेको र गोडी सकेको मकैको बोटको पात र गुभा भित्रैबाट खाइदिने गरेपछि किसानहरु चिन्तामा परेको छ । त्यस्तै सोहि किराले धानको पात समेत खान थालेको छ । मकै र धानमा लागेको किरा धपाउन कृषकले पटक-पटक बिषादी प्रयोग गरि रहदा समेत किरा भगाउनु नसकेको स्थानीयको गुनासो छ ।

बर्खा महिनामा लगाएको मकैबाली खरेडीको कारण एक डोको मकै समेत भित्र्याउनु नपाएको अबस्थामा हिउदो महिनामा लगाएको मकै बालीमा समेत किरा लागेर बोटै खाइदिएपछि हातमुख जोडन समेत कठिन हुने भएको छ । यस्तो समस्या सिंगौलमा मात्र नभई छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर १ स्थित रजुवा, भालुखोप, अरुण बस्तीमा समेत देखा पर्न थालेको छ ।

किराले मकैबाली नास हुने गरी खानथाले पछी खनजोत, मल र बिषादिमा गरेको खर्च समेत नउठ्ने भएपछी स्थानीय चिन्तित रहेको कृषक सनु वाइवाले बताउनुभयो । बर्षेनी सिंगौलको स्थानीय कृषकले गर्दै आएको खेतीमा किरा लाग्दै आएपनि यो वर्षमा भने अत्याधिक मात्रामा किरा बढेकोले चडबाडलाइ जोहो गरेको खर्चबाट बिषादी खरिद गरि मकै बालीमा छर्ने गरेको संचारकर्मी बसन्त लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*