चिनियाँलाई लगानी गर्न पर्यटनमन्त्री भट्टराईकाे आग्रह

तामसालिङ खबर
२२ भाद्र २०७६, आईतवार १७:१५

भदौ २२, काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताउनुभएको छ ।

काठमाडौँ स्थित चिनियाँ राजदूतावासले आइतबार आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हुँदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गर्नुभयो ।

उहाँले सामाजिक पूर्वाधार तथा समृद्धिका विभिन्न क्षेत्रमा नेपाललाई चीनले पु-याएको योगदानको उच्च प्रशंसा गर्दै सन् २०२० मा नेपालमा हुन गइरहेको भ्रमण वर्षमा चिनियाँ पर्यटकको उल्लेखनीय आगमन हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा लगानीको वातावरण सुनिश्चित गर्न सरकार सक्षम रहेको बताउनुभयो । उहाँले चिनियाँ नागरिकलाई ढुक्क भई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*