१४ सय फ्रान्सेली गर्मीको कारण मृत्यु

तामसालिङ खबर
२३ भाद्र २०७६, सोमबार १८:०५

एजेन्सी – अत्यधिक गर्मीका कारण फ्रान्समा १४ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार जुन २४ बाट जुलाई ७ सम्म र जुलाई २१ देखि २७ सम्मको अवधिमा तातो सहन नसकेर वा सोही कारण बिरामी भएर १४ सय ३५ को मृत्यु भएको हो ।

‘हिट वेभ्स’का कारण मृत्यु भएको यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशतले बढी रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस वर्षको गर्मी सुरु भए यता फ्रान्समा नभई अन्य युरोपेली मुलुकमा समेत तापक्रम विगतका रेकर्ड तोड्दै अत्यधिक देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*