मकवानपुर क्याम्पसकोे अध्यक्षमा पौडेल र लेखा समितिको अध्यक्षमा हुमागाईं निर्बिरोध निर्वाचित
भदौ २३, हेटौंडा – मकवानपुर जिल्लाको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा अनन्त पौडेल र लेखा समितिको अध्यक्षमा हरि हुमागाईं निर्बिरोध निर्वाचित भएको छ ।
क्याम्पसको १४ औ क्याम्पस सभाले सोमबार सञ्चालक समितिको अध्यक्षमा पौडेल र लेखा समितिको अध्यक्षमा हुमागाईंलाई निर्बीरोध निर्वाचित गरेको हो । निवर्तमान सभासद समेत रहेको पौडेल लामो समयदेखि क्याम्पस सञ्चालक समितिको सदस्यमा थियो ।
यसअघि क्याम्पस सञ्चालक समितिको अध्यक्षमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल थियो । कार्यबाहक अध्यक्ष रहेको अनन्त पौडेललाई (सोमबार) आजको क्याम्पस सभाले अध्यक्षमा निर्वीरोध निर्वाचित गरेको हो ।
त्यस्तै, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत रहेको हरि हुमागाई लेखा समितिको अध्यक्षमा निर्विरोध निर्बाचित भएका छन् । क्याम्पसको पदेन साधरण सदस्यको रुपमा विभिन्न संघसस्थाको प्रमुखहरु सहभागिता रहेको छ ।
निर्बाचित हुने आठ सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो । जसमा प्रदेश सांसद सहित बिभिन्न निकायका व्यक्तित्वहरु रहेका छन् । १७ सदस्यीय सञ्चालक समितिमा अरु सदस्यहरु भने पदेन सदस्य रहने क्याम्पसको बिधानमा व्यवस्था छ । आठ जना सदस्यका लागि यही भदौ २८ गते २ बजे निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत केशब काफ्लेले बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिको ८ जनाको सदस्य पदमा बद्रीप्रसाद लम्साल, प्रेमबहादुर पुलामी, बिनोद रिजाल, बिष्णु दाहाल, नवराज बिष्ठ, कृष्ण धिताल, भगवती धिताल, माईकल रामचन्द्र अर्याल, प्रलाद लामिछाने, कुमारी मोक्तान, अशोक शाक्य, भिमसेन महत, राजिव सुवेदी, अज्मिर केसीले सदस्यमा उम्मेदवारी दिएका छन् ।






