मुस्लिमहरुको मुर्हरम पर्व हिन्दुले पनि मनाउँदै

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार ०६:३२

भदौ, कपिलवस्तु – मुस्लिम समुदायले मनाउने पर्व मधेसमा मुर्हरम हिन्दु समुदायले पनि मनाउदै आएका छन् । तराई मधेसममा लोकप्रिय बनेको मुर्हरम पर्व मुस्लिम र हिन्दु समुदायले मनाउन थाले पनि यस्ले धार्मिका सदभाव समते कायम गरेको हो । तराईमुलका हिन्दु थारु समुदायमा समेत यो पर्व मनाउन थालेको छ ।

हिन्दुहरुले समेत मनाउन थाले पछि यो धार्मिक सद्भाव पर्वकोरुपमा विकसित हुदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसथा मनाउने गर्दछन् । तराईका हिन्दु मधेसी, थारुहरुले समेत यो पर्व धुमधामले मनाउन थाले पछि छुट्टै रौनकता थपिएको छ । भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संबृद्धि तथा मनोईच्छा पुरा हुने गरेको भक्तजनहरु बताउछन् ।

यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ । मंगलवार मनाईन मुर्हरमका लागि तौलिहवाको मस्जिद टोलमा आईतावर ताहाजिया खरिद गर्न आएका कपिलवस्तु नगरपालिका– ९ तेनुहवाका बन्सीधर बनियाले एक दशर्क अघि देखि मुर्हरम मनाउन थालेको बताए ।

‘ यो पर्व मनाउनकाले पारिवारिक सुख र मनोकामना पुरा हुने भएकाले आंगालेका हौ ’ उनले भने । उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*