तिन नम्बर प्रदेशको लोकसेवा आयोग विधयेक बहुमतले पारित

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार १८:३५

भदौ २४, हेटौडा – तिन नम्बर प्रदेशको आज बसेको प्रदेशसभा बैठकले प्रदेश लोकसेवा आयोगको काम कर्तव्य र अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७६ बहुमतले पारित भए संगै पारित भएसँगै आयोग गठनको बाटो खुलेको हो ।

विधेयक प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनि बैठकमा प्रस्ताव राखेका थिए । बैठकमा राखिएको उक्त विधेयकमाथि बहुमतले पारित गरिएको हो ।

विधेयकमाथि छलफलमा उठेको जिज्ञासालाई मुख्यमन्त्री पौडेलले प्रदेशको १३ जिल्लामा विकासको पूर्वाधार निर्माण र अर्धन्यायीक कार्यालयको भूमिकालाई सेवामुखी बनाउन लोकसेवा आयोगको भूमिका प्रदेशमा आवश्यकता परेको बताए ।

सोही बैठकमा लोकसेवा आयोगको विधेयकमाथि प्रदेशसभाका सदस्यहरुले लोकसेवा आयोगलाई राजनितिक दलको हस्तक्षेपबाट मुक्त राखी निष्पक्षका साथ कर्मचारी नियुक्ति गर्नुपर्ने सुझाव दिए । प्रदेशसभाको अर्को बैठक भोली भदौ २५ गते बुधाबर दिनको २ बजेको लागि बोलाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*