तिन नम्बर प्रदेशको राजधानी बारे, अब संसदमा बोल्नु नपर्ने – मुख्यमन्त्री पौडेल

तामसालिङ खबर
२५ भाद्र २०७६, बुधबार १३:०७

भदौ २५ – हेटौंडा – तिन नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेले अब प्रदेश राजधानीको विषय उठाउनु नपर्ने बताएका छन् ।

प्रदेशसभाको मंगलबारको विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मूख्यमन्त्री पौडेलले प्रदेशको राजधानी र नामको बारेमा अब संसदमा प्रश्न उठाउने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संसद बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले राजधानीको विषय लाजमर्दो अवस्था आएको भन्दै प्रश्न उठाएका थिए ।

मुख्यमन्त्री पौडेलले सरकारले कामको गति बढाएको दाबी गर्दै अप्ठ्यारो चरण पार गरिसकेकोले अब विकासले अझ गति लिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*