डेंगु नियन्त्रणको लागि तिन नम्बर प्रदेशको ‘सबै जागौँ, सबै लागौँ’ अभियान

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार ०८:४२

भदौ २७, हेटौडा –   डेंगु नियन्त्रणको लागि सबै जागौँ, सबै लागौँ अभियान प्रदेश ३ सरकारले कार्तिक मसान्तसम्म “सबै जागौँ, सबै लागौँ वरिपरिको जमेको पानी हटाई डेंगु भगाऔँ” अभियान चलाउने भएको छ ।

अभियानअन्तर्गत प्रदेश भरिका सम्पूर्ण स्थानीय तह, राजनीतिक दल, संघ संस्था, टोल सुधार समिति र अन्य सबै व्यक्तिलाई प्रत्येक बिहान एक घण्टासम्म आफ्नो घर/ कार्यालय वरिपरि १ सय मिटरसम्मको दूरीमा “खोज र नष्ट गर” भन्ने अभियान सरिक बनाउने भएको छ ।

प्रदेश सरकारले डेंगु नियन्त्रणमा सरकारले नीति ल्याउने भन्दा पनि फिल्डमा सबैलाई उतार्ने काम गरे नियन्त्रण हुन सक्ने प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए । तिन नम्बर प्रदेशमा डेंगुको कारण ३ जनाको मृत्यु भएको छ भने ४ हजार ५ सय ७६ मा संक्रमण देखिएको छ ।

तिन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको बुधबार सम्मको तथ्यांक अनुसार चितवनमा २ जना र सिन्धुपलाञ्चोक घर भएका एकजनाको काठमाडौंमा मृत्यु भएको छ । प्रदेश ३ को ५ वटा जिल्लामा भने डेंगुको प्रकोप नभएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रदेश ३ को दोलखा, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक जिल्लामा डेंगुको संक्रमण नरहेको बताएका छ । बुधबारसम्म प्रदेशको चितवनमा १ हजार ४ सय ६० काठमाडौंमा १ हजार ३ सय ४५, मकवानपुरमा ७ सय २८, ललितपुरमा १ सय ५, भक्तपुरमा ९, धादिङमा २३, काभ्रेमा ६ र नुवाकोटमा २ जनामा डेंगु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*