अनु कृषि फर्मको चार दर्जन कुखुरा मारिएको अबस्थामा फेला

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार १३:२१

भदौ २७, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा बिहिबार राति चार दर्जन भन्दा बढी लोकल कुखुरा मारिएको अबस्थामा फेला परेको छ ।

बैदेशिक रोजगारीबाट फर्केर व्यवसायिक कृषिमा लागेको युवा उद्यमी अनिता स्याङ्बोले सञ्चालन गरेको कृषि फर्ममा लोकल कुखुरा मारिएको अबस्थामा भेटिएको हो ।

ज्यामिरेको अनु कृषि फार्ममा पालिएका २ हजार ५ वटा लोकल कुखुरा मध्ये करिब ५० वटा मारिएको र ३ सय कुखुरा हराएको फर्मकी संचालक स्याङ्बोले बताउनु भयो ।

कुखुरा कुनै पनि बिरामी थिएन, हामीले राति ब्यबस्थित नै गरि बन्द गरेका थियौ तर शुक्रबार बिहान मात्र मारिएको र हराएको घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको फर्मको संचालक स्याङ्बोले बताइन् ।

घटनास्थलको अध्ययनपछि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए । फर्मममा लोकल कुखुरा संगै माछापालन, बंगुरपालन पनि गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*