भारतमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु
भदौ २७, नयाँ दिल्ली – भारतको मध्य प्रदेशको भोपालमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । गणपति विर्सजनका क्रममा भएको डुंगा दुर्घटनामा अन्य कैयौं व्यक्ति घाइते भएको जनाइएको छ । २ जना बेपत्ता रहेका जनाइएको छ ।
उक्त घटना भोपालको चर्चित ताल खाटलापुरा घाटमा भएको हो । घटनापछि डुंगा चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले घटनाको उच्चस्तरीय जाँचको आदेश दिएका छन् । खाटलापुर घाटमा शुक्रबार बिहान करिब साढे ४ बजे उक्त दुर्घटना भएको जनाएको छ ।






