मकवानपुरको ज्यानमारा परेवा भीर र चट्याङको त्रासबारे, संसदमा बोल्नु हुँदै सांसद ग्लान (भिडियो)

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार १७:३६

भदौ २७, हेटौडा – तिन नम्बर प्रदेशको सांसद ओमबहादुर ग्लानले मकवानपुरको मनहरी खोला अन्तर्गत पर्ने राक्सीराङ् गाउपालिकाको परेवा भीरको त्रास र चट्याङले पारेको पिडाको बारेमा प्रदेश सभामा आवाज सवाल उठाएका छन् ।

मकवानपुरको ग्रामिण क्षेत्रमा चट्याङ परेर थुप्रैको ज्यान गएको र गम्भीर घाईते भएका घटनाहरुबारे बोल्दै उनले त्यसप्रति दुःख व्यक्त गरे । सरकारले ग्रामिण क्षेत्रमा परिरहेको चट्याङका बारेमा खोजी गर्नुपर्नेमा उनले जोड दिए ।

मकवानपुरमा चट्याङको विषयलाई लिएर हल्ला चलेको एक विषयमा उहाले भन्नु हुदै –‘हामीसँग कुनै तथ्य छैन, तर सुनिएको छ, औद्योगिक क्षेत्रमा पर्ने चट्याङलाई अर्थिङ मार्फत त्यसको विकिरणलाई ग्रामिण क्षेत्रमा फालिएको भन्ने सुनिएको छ, त्यसको तथ्य के हो ?’ यस हल्लाका विषयमा सत्यतथ्य खोजिनुपर्ने भन्दै उनले यसको जवाफ दिन सरकारसँग माग गरे । ‘यहाँ उद्योग चलिरहने, उता मान्छे मरिरहने ?’ उनले प्रश्न गरे ।

त्यस्तै, मनहरी खोला अन्तर्गत राक्सीराङ् गाउपालिकामा पर्ने परेवा भीरको बारे समेत उनले विषय उठान गरे । शान्तिको प्रतिक बस्ने परेवा भीर अहिले बाघ भीर जस्तो भएको र हेर्दैमा डर लाग्ने अवस्था भएको बताए । आफु स्थलगत भ्रमणमा गएका बेलामा उक्त भीरमा गएका मध्ये ७० प्रतिशत व्यक्तिहरुले भीरको बाटो पार गर्न नसकेको बताए । भीर पार गर्ने ३० प्रतिशत भ्रमणकर्ताले पनि ज्यान जोखिममा राखेर भीर पार गरेको उनले बताए ।

मकवानपुरको कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाका मानिसहरु ओहोरदोहोर गर्नुपर्ने बाटोका रुपमा रहेको परेवा भीरको बाटोमा मोटर हिँड्न सक्ने बनाउन नसकिए पनि कमसेकम मानिस हिँड्ने बाटो बनाउनुपर्नेमा उनले जोड दिए । साथै मनहरी अन्तर्गत महेन्द्र राजमार्ग छेउमा गरिएको बस्ती स्थान्तरणका बेला मुआब्जा दिन बाँकी रहेकालाई समेत मुआब्जा दिनुपर्नेमा उनले जोड दिए ।

भिडियो हेर्नुहोस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*