हेटौडा उपमहानगरद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार २२:०७

भदौ २७, हेटौंडा – नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा शुक्रबार हेटौंडा उपमहानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ । मेयर हरिबहादुर महतले उपचार कोषमा चार लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

हेटौडा उपमहानगरले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पत्रकार उपचार कोषका संयोजक तथा महासंघका उपाध्यक्ष सरिता दाहाल, उपाध्यक्ष कुमार अधिकारीलाई संयुक्त रुपमा चार लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । रकम हस्तान्तरण गर्दै मेयर महतले आगामी दिनमा पनि महासंघलाई सहयोग गर्ने वताउनुभयो ।

आफ्नो कार्यकाल भरीमा उपचार कोषमा अरु रकम पनि सहयोग गर्ने मेयर महतले बताउनुभयो । महासंघको आग्रह अनुसार उपचार कोषमा रकम सहयोग गरिएको उहाँको भनाई छ । व्यक्तिगत सहयोग भन्दा पनि संस्थागत रुपमा आफु सहयोग गर्न तयार रहेको वताउनुभयो । पत्रकारले दुख पाएको बेलामा उपमहानगरपालिका सधै साथमा रहेको उहाँले वताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले सहयोग रकम बुझ्दै उपचार कोषमा हाल सम्म नौ लाख रुपैयाँ संकलन गरिएको वताउनुभयो । यसअघि उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले दुई लाख रुपैयाँ र शिवम सिमेन्ट उद्योगले तीन लाख रुपैयाँ सहयोग गर्नुभएको वताउनुभयो ।

मकवानपुरका पत्रकार गम्भिर रुपमा बिरामी परेमा उपचार कोषको व्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको अध्यक्ष हुमागाईले वताउनुभयो । #जनपत्र_डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*