मकवानपुर बहुमुखी क्याम्पसको संचालक समितिमा ८ जना सदस्य निर्वाचित

तामसालिङ खबर
२९ भाद्र २०७६, आईतवार १०:५२

भदौ २९, हेटौंडा – तिन नम्बर प्रदेशको राजधानी हेटौडामा मकवानपुर बहुमुखी क्याम्पसको शनिवार भएको निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

यसअघि क्याम्पस सञ्चालक समितिको अध्यक्षमा अनन्त पौडेल र लेखा समितिको अध्यक्षमा हरि हुमागाई निर्बीरोध निर्वाचित भएका हुन् । सञ्चालक समितिको सदस्यहरुमा ८ जना निर्बाचित भए संगै क्याम्पस सञ्चालक समितिले पूर्णता पाएको हो ।

सञ्चालक समितिको सदस्यहरुमा कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, बद्रीप्रसाद लंसाल, बिष्णुप्रसाद दाहाल, कृष्ण प्रसाद धिताल, प्रलाद लामिछाने, अशोक शाक्य र राजिव सुवेदी निर्बाचीत भएको छ । क्याम्पसका ५५ जना सदस्य मध्यमा ७१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले वताउनुभयो ।

आठ जनाका लागि नौ जनाको उमेद्वावारी कायम रहेकाले निर्वाचन भएको थियो । निर्वाचित सबैलाई प्रमुख निर्वाचन अधिकृत काफ्लेले टिका र खादा ओढाएर बधाई ज्ञापन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*