स्थानीय विकासमा बालबालिकाको महत्वपुर्ण भुमिका हुन्छ – मेयर प्रसाई

राजु तामाङ
२९ भाद्र २०७६, आईतवार २०:३४

भदौ २९, सर्लाही – २ नम्बर प्रदेश सर्लाहीको हरिवन नगरपालिकाको प्रमुख गणेश प्रसाईले स्थानीय विकासमा बालबालिकाको महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा आइतबार हरिवन नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको ‘स्थानीय विकासमा बालबालिकाको भुमिका’ बिषयक माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

स्थानीय तहले बनाएका ऐन कानुनलाई स्विकार्दै त्यसको परिधिभित्र रहेर आत्मसात गर्न र परिवारलाई स्थानीय तहको बारेमा बालबालिकाले जानकारी गराउदा मात्र पनि विकासको काममा नागरिकको भुमिका हुन जाने र त्यसको श्रेय बालबालिकामा जाने बताउदै मेयर प्रसाईले यी विभिन्न कामका माध्यमबाट बालबालिकाको स्थानीय विकासमा बिशेष भुमिका रहने बताउनु भएको हो।

नगरपालिकाकी उप-मेयर रेणुका पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर भित्रका संस्थागत र सामुदायिक गरि ११ वटा विद्यालयले कार्यक्रममा भाग लिएका थिए ।

प्रथम हुने विद्यालयमा सगुन शिक्षा आवसीय, महादेव जनता नमुना उमावि द्वितीय र मनकामना बोर्डिङ स्कुल तृतीय भएको छ भने ज्ञानज्योति बोर्डिङ स्कुल र चतुर्भुजेश्वर उमावि सान्त्वना भएका छन् । बिजेताहरुले क्रमश ४५००, ३०००, १५००, ६०० नगद शिल मेडल र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*