घेदुङले विश्वभरि रहेका तामाङ समुदायको मुद्दामा राज्यसंग लबिङ गरिरहेको छ – संघिय अध्यक्ष गोले
भदौ ३१, रौतहट – नेपाल तामाङ घेदुङले विश्वभरि छरिएर रहेका तामाङ समुदायको मुद्दामा राज्यसंग लबिङ गरिरहेको जानकारी दिदै विश्वभरिका तामाङ एकजुट हुनु पर्नेमा नेपाल तामाङ घेदुङको संघिय अध्यक्ष मोहन गोले तामाङले जोड दिनु भयो ।
नेपाल तामाङ घेदुङ चन्द्रपुर नगरको प्रथम अधिबेशनमा बोल्नु हुदै उहाले राज्यले तामाङ समुदायको मात्र होइन जनजातीको आरंक्षण कोटाको समेत कटौती गरेको आपत्ति जनाउनु भएको थियो ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २, चादी स्मृति पार्कमा भएको अधिबेशनले १७ सदस्यीय नया कार्यसमिति चयन गरिएको हो । अधिबेशनले लाल बहादुर दोङको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरिएको छ ।
उपाध्यक्ष कुल बहादुर थोकर, महिला उपाध्यक्षमा लाली माया वाइबा, कोषाध्यक्षमा गौरी थिङ, सचिवमा सुकेन्द्र गोले, सह-सचिव प्रकाश बम्जन, सदस्यहरुमा बिरबलकाजी बम्जन, सन्तोष पाख्रिन, लाली माया घिसिङ, शेर बहादुर तामाङ, आशा लामा लगायतको चयन भएका छन ।

त्यस्तै, नेपालमा आदिमकाल देखि नै बसोबास गर्दै आएको तामाङ समुदाय नेपाल एकिकरण पछि आफ्नो संस्कृतिको लोप हुदै थर समेत परिवर्तन गर्न राज्यले बाध्य पारिएको भाषा लिपि साहित्य तथा प्रशिक्षण बिभागका प्रमुख काजीमान थिङले बताउनु भएको छ । तामाङ समुदायलाई राज्य ब्यबस्थाले नै पछि पारिएको स्मरण गराउदै लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा समेत राज्यको दृष्टीकोण परिवर्तन हुन नसक्दा अहिले पनि तामाङ जातीको भबिष्य अन्यौलमा रहेको दावी गर्नु भयो ।






