अफगानिस्तानमा बम हमला, २४ जनाको मृत्यु

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार २२:४४

भदौ ३१, काबुल – अफगानिस्तानमा राष्ट्रपतिले सम्बोधन गर्ने आमसभालाई लक्षित गर्दै भएको बम हमलामा २४ जना मारिएका छन् ।

सेप्टेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचन र्यालीलाई लक्षित गर्दै तालिबानी समूहले बम हमला गरेको थियो । मंगलबार राष्ट्रपति असरफ घानीले उक्त सभालाई सम्बोधन गर्ने तालिका थियो ।

सम्बोधन अघि नै त्यहाँ हमला गरिएको हो । तालिबानले पछिल्लो एक महिनाभित्रै तीनवटा भन्दा धेरै हमला गरिसकेको छ । अमेरिकासँग वार्ताको तयारी भइरहँदा तालिबानी समूहले श्रृंखलाबद्ध हमला गर्न थालेको हो ।

उसको हमलापछि नै अमेरिकाले वार्ता स्थगित भएको जनाएको थियो । अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा हुने भनिएको राष्ट्रपतीय निर्वाचन हुन नदिने तालिबानीले चेतावनी दिँदैआएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*