सनोपोखराको गुम्बामा ४ दिन सम्म विश्वशान्ति तथा फुर्वा पूजा हुने
असोज २, हेटौडा – मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा स्थित बेलडाँडामा रहेको जिग्तेन शिवा छेथारलिङ बौद्ध गुम्बामा पहिलो पटक विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको छ । गुम्बामा यही असोज १४ गतेबाट १८ गतेसम्म विश्वशान्ति तथा फुर्वा पूजा हुने भएको हो ।
गुम्बा परिसरमा बिहीबार (आज) भएको पत्रकार भेटघाट मार्फत विश्वशान्ति एबम फुर्वा पूजाको बारे जानकारी गराएको थियो । पत्रकार भेटघाटमा गुम्बाको ब्यबस्थापन समितिको अध्यक्ष एबम कार्यक्रम संयोजक डोल्मा स्याङबोले बोल्नु हुदै, ‘पुण्य भुमि नेपालमा दिन प्रतिदिन बढ्दै गइ रहेको हत्या, हिंसा, अशान्तिले पिरोलिरहेको सम्पूर्ण प्राणीहरुको उद्धारको निम्ति शान्तिको कामना गर्दै विश्वशान्ति तथा फुर्वा पूजा पाठ गर्न लागेको बताउनु भयो ।
भारतको देहरादुनबाट आउनु हुने धर्मगुरु ज्ञान बज्र रेम्पोर्छेको नेतृत्वमा हुने पुजामा १२ जना लामाहरु सहितको टोली र सोही गुम्बामा रहेको लामा आनिहरुले बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रबचन र वाङ अभिषेक गर्नु हुने अध्यक्ष स्याङ्बोले बताउनुभयो ।
असोज १४ गते साझा सम्म धर्म गुरु लगायत लामाको टोलि गुम्बामा आगमन हुने, असोज १५ गते बिहान ९ बजे विश्व शान्ति तथा फुर्बा पुजाको उदघाटन समारोहको रुपमा औपचारिक कार्यक्रम हुने बताइएको छ ।
त्यस्तै असोज १६ र १७ गते दुइ दिन फुर्बा पुजा सम्बन्धी पुजा पाठ हुने छ भने असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक गरि सम्पूर्ण कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिको संयोजक रमेश थिङ तामाङले बताउनु भयो ।
पूजा सम्पन्न गर्न गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष डोल्मा स्याङ्बोको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन समेत गरिसकेको छ ।






