मनहरीमा संबिधान दिवसको पुर्बसन्ध्यमा, सरसफाई लगायत मोटरसाइकल र्याली

जयराम मुक्तान
२ आश्विन २०७६, बिहीबार २२:१७

असोज २, हेटौडा (मनहरी) – सविधान दिवसको अबसरमा पश्चिम मकवानपुरको मनहरी बजारमा बिहीबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

मनहरीको गाउँपाालिको अगुवाईमा बिहिबार मनहरी बजार र मनहरी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गरेको छ । कार्यक्रममा जनप्रतिनिधि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनैतिक दल, उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति, टोल बिकास सस्थाको प्रतिनिधीहरु लगायतको उपस्थित रहेको थियो ।

सरसफाई टोलिले मनहरी प्राथमिक स्वास्थ्य केन्द्र मनहरी हातामा रहेको नाली, झाडी तथा फोहोरहरुलाई संकलन गरि सरसफाई गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । त्यस्तै, मनहरी बजारमा रहेको अब्यस्थीत ढललाई पनि सफाई गरिएको छ । सरसफाईको क्रममा सचेतनाको लागि डेंगु रोगबारे पर्चा पम्प्लेट स्थानियहरुलाई वितरण गरेका थिए ।

बिहिबार नै मनहरी गाउपालिकाले संबिधान दिवसको अवसरमा मोटर साइकल र्यालि समेत गरेको छ । मनहरी गाउपालिका वडा नम्बर ६ लोथर बजारबाट शुरु भएको र्याली मनहरी बजार हुदै गाउँपालिका केन्द्र रजैया सम्म पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गदै गाउपालिका अध्यक्ष एकराज उप्रेतीले हालको संबिधानलाई अक्षरस लागु गर्नु पर्ने बताए । संबिधान भन्दा माथि कोहि नहुने हुदा सबैलाई संबिधानको पालना गर्नु पर्ने बताए । दिवसकै अवसरमा मनहरी ९ रजैया मनहरी बाल सञ्जालले नाटक समेत प्रस्तुत गरेको थियो ।

बिहीबार साझा मनहरीको रजैयामा गाउपालिकाले दिप प्रज्वलन समेत गरेको थियो । शुक्रबार भोलि संबिधान दिवसको दिन मनहरी ३ लामिटारमा रहेको गाउँसभा भवनमा गाउँपालिकको वार्षिक समिक्षा बैठ तथा विभिन्न ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*