नारायणी मलमा दशैँ सपिङ गर्दा उपहारै उपहार पाइने

तामसालिङ खबर
३ आश्विन २०७६, शुक्रबार १२:५०

असोज ३, हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४ मा रहेको नारायणी मलले दशैँ तिहारको उपहार योजना ल्याएको छ । दशैँ तिहारको सपिङ गर्ने ग्राहकलाई मध्यनजर गर्दै नारायणी मलले उपहार योजनासहित बम्पर उपहारको व्यवस्था गरेको छ ।

एक हजार बराबरको सामान खरिद गर्ने ग्राहकले कुपन पाउने छ । दसैं र तिहारको अवसरमा आयोजना गरिएको पुरस्कार योजनामा प्रथम हुनेले ३० हजारको सपिङ भौचर, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजारको सपिङ भौचर प्राप्त गर्नेछन् ।

त्यसैगरी सान्त्वना पुरस्कारमा ५ जनाले ५/५ हजारको सपिङ भौचर प्राप्त गर्ने संचालक नवराजआचार्यले बताउनु भयो । असोज ३ गतेदेखी पौष ८ गतेसम्म मलमा सामान खरिद गर्ने ग्राहकले उक्त पुरस्कार योजनामा सहभागिता जनाउन पाउनेछन् । आगामी पौष ९ गते क्रिसमस डे को दिनमा लक्की ड्र खोलिने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*