संविधान दिवसको अबसरमा आज हेटौडा विविध कार्यक्रम हुदै
असोज ३, हेटौंडा– आज पाँचौ संबिधान दिवस । दिवसको अबसरमा हेटौंडामा प्रदेश स्तरमा मनाईने पुरा भएको छ । संघीय सरकारले संविधान दिवस परेकोले देशभर सार्वजनिक बिदा दिएको हो ।
सविधान जारी भएको सम्झनामा आज बिहान प्रदेश ३ सरकारले प्रदेश ३ को राजधानी हेटौंडामा भुटनदेवी स्कुलको प्रंगणमा जम्मा भई ¥याली सहित बजार परिक्रमा गर्दै मकवानपुर क्याम्पसमा पुगेर सभामा परिणत हुने कार्यक्रम छ । दिउँसो गढी गाउँपालिका १ मा रहेको एतिहासिक मकवानपुर गढीमा झन्डातोलन गरिने भएको छ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले ७० वर्ष माथिका बृद्ध बृद्धाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, वडा नम्बर ४ ले फिबर क्लिनीक, रोट्रयाक क्लबको आयोजनामा सुकौरामा निशुल्क आँखा परिक्षण र बेलुकी पतञ्जली योग समिति मकवानपुरको आयोजनामा बुद्ध चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ ।






