दुइ नम्बर प्रदेशको सर्लाहीमा कालोपत्रे माग गर्दै पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

तामसालिङ खबर
३ आश्विन २०७६, शुक्रबार १२:५७

असोज २, सर्लाही – दुइ नम्बर प्रदेशको सर्लाहीमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नयाँरोडमा ठूला खाडल भएको महिनौं बितेको छ ।

सम्बन्धित निकायले कालोपत्रे गर्न चासो नदेखाएपछि स्थानीयले विरोधस्वरुप बिहीबार चक्काजाम गरेका छन् । २४ घण्टा ब्यस्त रहने हरिवन नगरपालिकाको नयाँरोडमा करिब डेढ सय मिटर कालोपत्रे सडक अहिले ठूला खाडलमा परिणत भएको छ ।

विहीबार बिहान पहिलो दिन आधा घण्टा चक्काजाम गरिएको छ । सडक मर्मत नहुञ्जेल दैनिक आधा घण्टाको दरले बढाउँदै जाने स्थानीयले चेतावनी दिए । गत असार अन्तिम साताको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गका अन्य स्थानमा भएका साना खाल्डा मर्मत गरिए पनि ठुला ठूला खाडलसहितको नयाँरोड चोकक्षेत्र भने मर्मत गरिएको छैन ।

सडकको दुरावस्था देखेर यात्रुलेसमेत चक्काजाममा साथ दिएका स्थानीयले बताए । खाल्डाखुल्डीका कारण रातको समयमा सवारी साधन बढी दुर्घटनाको जोखिममा पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । थाहा खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*