कुलेखानी-फाखेल-फर्पिङ सडकखण्ड ८ दिनको लागि बन्द
असोज ३, हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउपालिकामा पर्ने कुलेखानी– फाखेल- फर्पिङ सडक-खण्ड आज देखि असोज ११ गते सम्मका लागि सवारीसाधन आवागमन बन्द गरिएको छ ।
सडकको पहिरो पन्छाउनु पर्ने भएकाले सवारीसाधन आवागमन बन्द गरिएको बताएको छ । कुलेखानी–फाखेल–हुमाने सडक मर्मत सम्भार उपभोक्ता समितिका अनुसार कुलेखानी–सिस्नेरी सडक खण्ड भने निर्बाध सञ्चालन हुने बताएको छ ।






