संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा २ सय ६० जनाको कैद कट्टा, २२ जनालाई आम माफी

तामसालिङ खबर
३ आश्विन २०७६, शुक्रबार १४:२५

असोज ३, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २२ जनाले सजाय माफी पाएका छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

संबिधानमा भएको व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरूमा जस्तै देशका विभिन्न कारागारमा रहेका २६० को कैद कट्टा गरेकी हुन् ।

त्यस्तै, संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्व लगायतको जरिवाना मिनाहा भएको छ । संविधानको धारा २७६ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको    छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*