विश्वभरको राष्ट्राप्रमुखबाट संविधान दिवसको शुभकामना ब्यक्त
असोज ३, काठमाडौं – संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्रा प्रमुखहरुले नेपाल सरकार र नेपाली जनताप्रति शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्ला-बेग्लै शुभकामना सन्देश पठाउँदै उनीहरुले नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।
त्यस्तै, संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीय, थाइल्यान्डका नरेश महावजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो लगायतले शुभकामना व्यक्त गरेका छन् ।
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका छन् ।






