नेकपा मनहरी वडा नम्बर ५ ले गर्यो, दिप प्रज्वलन

तामसालिङ खबर
३ आश्विन २०७६, शुक्रबार २२:३४

असोज ३, हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ५, बसन्तपुरमा संबिधान दिवसको अवसरमा शुक्रबार साझ दिप प्रज्वलन गरि दिपावली गरेको छ ।

संविधानसभा सदस्य राजाराम स्याङतानको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेकपा मनहरी गाउपालीका अध्यक्ष रामप्रसाद कालाखेतिको विशेष आतिथ्यतामा भएको थियो ।

स्थानीय बुद्धिजीवी समाजसेबी लगायत स्थानीय बासिन्दाको सहभागीतामा भएको दिप प्रज्वलन कार्यक्रममा नेकपा ५ नम्बर वडा कमिटी अध्यक्ष मीन बहादुर लामाको अध्यक्षतामा कर्यक्रम भएको हो ।

त्यस्तै, शनिबार भने नेकपा मनहरी गाउपालिका वडा नम्बर ५ वडा कमिटीको पूर्णता दिन सपथ ग्रहण गर्ने कार्यक्रम रहेको वाइसिएल मनहरी गाउपालीका अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*