संसारकै अग्लो बुर्ज खलिफामा नेपालको झण्डा

तामसालिङ खबर
४ आश्विन २०७६, शनिबार ००:०५

असोज ३, हेटौडा – संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित संसारको अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै (लाइट अप) छ । स्थानीय समय अनुसार राती ९:१० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएई स्थित नेपाली राजदूतावासले जनाएको छ ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस”को अवसरमा स्थानीय समयनुसार शुक्रबार साँझ ९:१० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमलाइँदै,’ राजदूतावासको फेसबुक पेजमा लेखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*