दिप प्रज्वलन गर्दै नेकपा राक्सिराङले नौ वटै वडा कमिटीको सपथ ग्रहण
असोज ४, हेटौडा (राक्सिराङ) – संबिधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राक्सिराङ गाउँपालिकाको आयोजनामा दिप प्रज्वलन सहित ९ वटै वडा कमिटीको सपथ ग्रहण भएको छ ।
दिवस कै दिन शुक्रबार भएको कार्यक्रम मार्फत गाउपालिकाको वडा कमिटीको अध्यक्ष र सचिवले सपथ ग्रहण गरेको छ । नेकपाको प्रदेश कमिटी सदस्य एबम तिन नम्बर प्रदेश सभा सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीको गाउपालिका अध्यक्ष अध्यक्ष हस्त बहादुर मुक्तानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपाको ९ वटै वडाको ईन्चार्ज र सह-ईन्चार्जहरूको उपस्थिति रहेको थियो ।

संविधान राजनीतिक दलहरूको साझा दस्ताबेज भएकोेले संविधानलाई प्रगतिशिल मानी पुजा गर्न र पूर्णता छैन भनी जलाउन पनि नमिल्ने कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको प्रदेश कमिटी सदस्य ग्लानले उक्त धारणा ब्यक्त गर्नु भयो । प्राप्त उपलब्धिको जगमा टकेर अधिकतम कार्यन्वयनमा जोड दिनु पर्ने उहाले बताउनुभयो ।
कार्यक्रममा नेकपाको जिल्ला सचिवालय सदस्य लाल बहादुर थापा, जिल्ला सदस्य सुन्तली चेपाङ्ग, जिल्ला समन्वय समितिको सदस्य सानोकान्छी स्याङ्तान, निर्वाचित वडाध्यक्षहरु सिंगलाल चेपाङ, बाबुलाल स्याङ्तान लगायतको सहभागी थिए । सबै वडा कमिटीहरूलाई छिट्टै पूर्णता दिने निर्णय गरेको नेकपा राक्सिराङ गाउपालिका अध्यक्ष अध्यक्ष हस्त बहादुर मुक्तानले जानकारी दिनुभयो ।







