पासपोर्ट अनिबार्य बनाउदै यस पटक डिभी लोटरी अक्टोबर २ देखि खुल्ने

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार ०८:५८

असोज ५, काठमाडौं – सन् २०२१ का लागि आगामी अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुसार दिउँसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । लोटरी भर्ने समय नोभेम्बर ५ मंगलबार दिउँसो १२ बजेसम्म रहने जनाइएको छ ।

डिभी कार्यक्रममा सहभागी हुन १२ वर्षको कोर्स सहित हाइस्कुल वा सो सरहको पढाइ पूरा गरेको हुनुपर्ने प्रावधान छ । यदि उक्त योग्यता नभए अमेरिकी सरकारले तोकेका २ वर्षको तालिम वा अनुभव, ५ वर्षमा २ पर्षको कामको अनुभव भएको हुनुपर्छ ।

यस पटक डिभी लोटरीमा सहभागी हुन पासपोर्ट अनिवार्य बनाएको छ । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नु पर्नेछ ।

अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डिभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डिभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*