चिनियाँ राष्ट्रपति असोज २७ गते काठमाडौं आउने
असोज ५, काठमाडौं – चिनियाँ राष्ट्रपति सि जिनफिङ असोज २७ गते नेपाल भ्रमणमा आउने भएको छ । दुई दिने नेपाल भ्रमणमा आएको समयमा काठमाडौं-केरुङ रेलमार्ग लगायतका विभिन्न पक्षमा सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
लामो प्रतिक्षापछि चिनियाँ राष्ट्रपतिको भ्रमण हुन थालेको हो । चिनियाँ टोलीले काठमाडौंको भौगोलिक अवस्थाका विषयमा अध्ययन गरिरहेको छ । सुरक्षा संवेदनशिलताका कारण भ्रमणको मिति र तालिका सार्वजनिक नगरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
बहुचर्चित नेपाल चीन जोड्ने रेलमार्गबारेमा पहिलो पटक औपचारिक सहमति गर्ने सरकारको तयारी छ । २३ वर्षदेखि चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन् । पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।






