संस्कृति घेदुङ सिन्धुपाल्चोकको अध्यक्षमा आस्मान लोप्चन चयन
असोज ६, हेटौडा – नेपाल तामाङ घेदुङको विभागीय संस्था नेपाल तामाङ संस्कृती घेदुङको सिन्धुपाल्चोक जिल्ला कार्यसमिति गठन भएको छ । गायक आस्मान लोप्चनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा जेबि जिम्बा, सचीव प्रीतम कुमार तामाङ र कोषाध्यक्षमा अनुस्का दोङ चयन भएको छ । सदस्यहरुमा रोस्ना लुङ्बा, आशा तामाङ, सुनिल तामाङ, प्रेम तामाङ, इश्वर तामाङ, निमा तामाङ पाख्रीन, निमा डोल्मा तामाङ, लाक्पा दोर्जे तामाङ, फुलमाया(बिनिशा) तामाङ, सन्देश तामाङ, तेज तामाङ, दिनेश तामाङ, हिमाल तामाङ, भुमी तामाङ, सुरेन तामाङ, मन्जु तामाङ, सुरेश तामाङ लगायतको रहेको छ ।
सिन्धुपाल्चोकको तामाङ कलाकारहरुको उल्लेख्य उपस्थितिमा प्रथम भेला भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमानसिं तामाङको प्रमुख आतिथ्यतामा भएको भेलामा नेपाल तामाङ संस्कृति घेदुङ संघीय महासचिव छेवाङ तेन्जिङ लामा, रेशम स्याङ्बो लगायत स्थानीय जनप्रतिनिधिहरु समेत सहभागी थियो ।
भेलालाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि तामाङले तामाङ भाषा, संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने सम्पुर्ण कार्यहरुमा आफू हरतरिकाले सहयोग गर्न तत्पर रहेको बताउनुभयो । वर्षौं देखि आफू तामाङ अधिकारको पक्षमा लड्दै आएको व्यक्ति भएको नाताले कोही कसैलाई अप्ठ्यारो परेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।






