श्रीले ७५ वर्ष पुगेकालाई ५० प्रतिशत छुट, ८५ वर्ष पुगेकालाई ५०० रुपैयाँ मात्रै भाडा लिने
असोज ६, काठमाडाैं – तीन वर्षदेखि नेपाली आकाशमा जहाजमार्फत सेवा दिइरहेको श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेकालाई ५ सय रुपैयाँ र ७५ वर्ष पुगेकालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
एयरलाइन्सले विज्ञप्ति निकाल्दै ८५ वर्ष पुगेका व्यक्तिले जम्मा ५०० सय रुपैयाँ तिरे श्री एयरलाइन्समा यात्रा गर्न पाउने छन् । उनीहरुले आफ्नो प्रमाण पुग्ने डकुमेन्ट देखाउनुपर्ने एयरलाइन्सले जनाएको छ ।
त्यस्तै, ७५ वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । उक्त निर्णय दशैको घटस्थापनाको दिनबाट लागू गर्ने जनाएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले ७५ वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिन निजी एयरलाइन्सलाई आग्रह गरेको थिए ।






