बकैयामा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाईते
असोज ६, हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नमब्र ३ हात्तीसुडेको पुलमा मोटरसाइकल दुर्घटना हुदा दुइ जना घाइते भएको छ ।
ना ३२ प १४२४ नम्बरको मोटरसाइकलमा सवार सोही स्थानमा बस्ने मोटरसाइकल चालक वर्ष २३ को दिपेश विक र वर्ष २२ को रावल विक रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल तिव्र गतिमा रहेकाले पुलमा ठोकिएर दुर्घटनामा परेको बताएको छ । घाइते भएका दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।






