कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित हुने
असोज ६, काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको कक्षा ११ को परीक्षाफल मंगलबार(भोलि) प्रकाशित गर्ने भएको छ ।
गत वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यस वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागेको हो ।
बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।
यो वर्ष बैशाख २९ गतेदेखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका रहेका थिए ।






