नेफिन प्रदेश ३ को नवर्निवाचित पदाधिकारीलाई सम्मान

तामसालिङ खबर
६ आश्विन २०७६, सोमबार १८:५४

असोज ६, सिन्धुली – नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर ३ (नेवा: तामसालिङ) समन्वय परिषदको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई वधाई तथा सम्मान गरिएको छ ।

नेपाल तामाङ विद्यार्थी घेदुङ र नेपाल मगर विद्यार्थी संघले संयुक्त आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा महासंघको प्रदेश नम्बर ३ समन्वय परिषदको अध्यक्ष काजिमान थिङ सहित ११ जना कार्यसमितीलाई सम्मान गरेको हो ।

वधाई तथा सम्मान ग्रहण पश्चात बोल्नुहुदै अध्यक्ष थिङले सम्पूर्ण आदिवासी जनजातीहरुको हक हितका निम्ति आफू र आफ्नो सस्था सदैब लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रम नेपाल तामाङ विद्यार्थी घेदुङ सिन्धुलीको अध्यक्ष अजय तामाङको अध्यक्षतामा एबम कमलामाई नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष कर्णबहादुर घिसिङको प्रमुख आतिथ्यतामा भएको थियो । नेपाल मगर बिद्यार्थी संघ सिन्धुलीका अध्यक्ष प्रशान्त लुङ्गेलीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*