हरिवन सिटी क्लबद्वारा बिलन्दी प्राविलाई कम्प्युटर हस्तान्तरण

राजु तामाङ
६ आश्विन २०७६, सोमबार २२:१३

असोज ६, हरिवन – तामाङ समुदायको बाहुल्यता रहेको सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ बिलन्दीमा रहेको जनसेवी प्राथमिक विद्यालयलाई सोमबार दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

काठमाडौंको हिमालयन केयर ह्यान्डसको सहयोगमा हरिवन सिटी क्लबको अध्यक्ष बिनेश कार्कीले विद्यालयका प्रधानाध्यापक शम्शेरलाल राजवंशी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस बोम्जनलाई संयुक्त रुपमा कम्प्युटर हस्तान्तरण गरिएको हो ।

विभिन्न सामाजिक क्षेत्रबाट रचनात्मक तथा सकारात्मक हिसाबले हरिवन क्षेत्रलाई परिवर्तन गर्ने र परिवर्तन ल्याउने उद्देश्यका साथ नवगठित हरिवन सिटी क्लबले आफ्नो संस्थाको पहिलो काम हरिवन नगरपालिकाको विकट मानिने बिलन्दी प्राविमा कम्प्युटर वितरण गरिएको क्लबका अध्यक्ष कार्कीले बताए ।

हरिवनचौकबाट ४ किलोमिटर उत्तरमा पर्ने बिलन्दी स्कुलमा कुनै पनि संघसंस्थाले सहयोग नगरेको गुनासो भैरहेको बेला यस्तो अती आवश्यक ठाउँ भएकोले र आफुहरुले बाँडेको सामानको सही तरिकाले सदुपयोग होस भन्ने हिसाबले आफुहरुको संस्थाको पहिलो प्राथमिकता रहेको अध्यक्ष कार्कीले बताए ।

दशैं अघि नै हरिवन नगरपालिका भित्रको अन्य विद्यालयलाई समेत कम्प्युटर वितरण गर्ने योजना रहेको क्लबका उपाध्यक्ष गुन्जलाल घलानले बताए । आफुले पढेकै विद्यालयको शैक्षिक स्तर गुणस्तरीय होस भन्ने हेतुले विद्यालयलाई कम्प्युटर वितरण गरिएको कार्यक्रमका समन्वयकर्ता एबम क्लबका सह-सचिव राजु लो तामाङले बताए ।

बिद्यालयको प्रधानाध्यापक राजवंशीले विकट ठाउँ र भौतिक स्रोत साधनको अभाव भएकोले शिक्षक शिक्षिकाले प्रभावकारी रुपमा शिक्षा दिन नसकिएको अवस्थामा आफुहरुको विद्यालयमा यसरी विद्यार्थीको हितका लागि सहयोग गरेको संस्थालाई धन्यबाद समेत व्यक्त गरे ।

कार्यक्रममा हिमालयन केयर ह्यान्ड्सको अध्यक्ष समिर खतिवडा सहित क्लबको सदस्यहरु सुमित भण्डारी, रोशन बराईली सुस्मिता ब्लोन, मेनुका खड्का विद्यालय परिवार, स्थानीय अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेका थिए । विद्यालयमा हाल २३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*