नजिकिदै गरेको चाडबाडको शुभकामना दिँदै मकवानपुर प्रहरीको सुझाव, घर छोडेर जाँदा झ्याल ढोका राम्रोसँग बन्द गर्नुहोस्

तामसालिङ खबर
७ आश्विन २०७६, मंगलवार ०७:२३

असोज ७ हेटौडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकिँदै गरेको विजयादशमी, दिपावली र छठ पर्व २०७६ को अवसरमा जिल्लावासीहरुलाई सु-स्वास्थ्य एबम दिर्घायुको शुभकामना दिदै चाडपर्वमा अपराधजन्य क्रियाकलाप भएको पाइएमा प्रहरीलाई खबर गर्न जिल्लावासीलाई अनुरोध गरेको छ ।

हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुरोध
१. घर,कोठा छोडेर जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकी वा प्रहरीलाई खबर गरी जानुहोस् ।
२. आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, वतन खुलाई फोटो सहितको अभिलेख राख्नुहोस् ।
३. बहुमुल्य गरगहना लगाएर कुनै मेला, पर्व तथा भिडभाडमा नजानुहोस्र, जानुपर्ने भएमा चनाखो रहनुस् ।
४. भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पकेटमारी हुन सक्ने हुदाँ चनाखो रहनुहोस् ।
५.यात्राको क्रममा अपरिचित मानिसहरुसँग धैरै घुलमिल भई व्यक्तिगत गोप्यता नखोल्नुहोस् र उनीहरुले दिएको कुनै पनि खाने कुराहरु नखानुहोस् ।
६. नक्लली सुन तथा डलर साट्ने नाममा तपाईलाई झुकाउन सक्छन्, कुनै पनि कुराको लोभमा नपर्नुहोस्, शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्नुहोस् ।
७. घर टोल सुरक्षाका लागि सबै मिलि CC TV, Emergency Siren जडान गरी सुरक्षाका उपायहरु अपनाउनुहोस् ।
८. चाडपर्वको नाममा कानूनद्धारा प्रतिबन्धित तास, जुवा नखेल्नुहोस् र खेल्न नदिनुहोस् ।
९. चाडपर्वमा प्रयोग हुने पटका, भुईचम्पा, आतसवाजी लगायतका विष्फोटक पर्दार्थले मानविय, भौतिक एवं वातावरणिय क्षति पुग्ने भएकाले यसको प्रयोग नगरौ, नगर्नुहोस् ।
१०. आफ्नो टोल छिमेकमा अपरिचित व्यक्तिहरु घुमफिर गरिरहेको देखेमा निगरानी राख्नुहोस् र नजिकको प्रहरीलाई खबर गर्नुहोस् ।
११. नशालु वा मादक पदार्थ सेवन गरी सवारी नचलाउनुहोस् र सुरक्षित रुपमा यात्रुलाई गन्तव्यसम्म पुर्याउनुहोस् ।
१२. चाडपर्वको अवसर पारी चिट्ठा, चन्दा भेटी, अनिच्छित सहयोगहरु नमाग्नुहोस् ।
१३. अपराध नियन्त्रण तथा अपराध रहित समाजको निर्माणमा सदैव प्रहरीलाइ सहयोग गर्नुहोस् ।
१४. कुनैपनि समस्या परेमा नजिककोप्रहरीलाई खबर गर्नुहोस् तथा १०० नम्वरमा फोन गर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*