नवलपरासी बस दुर्घटनामा मकवानपुरको तिमिल्सिना मृत्यु
असोज ७, हेटौडा – नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर १० को जंगलमा राति पौने दुई बजे बस अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ । ना ७ ख ८६४२ नम्बरको दाङ्बाट काठमाडौंको लागि छुटेको बसमा सवार कम्तीमा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बस पल्टिँदा मकवानपुर घर भई बसका चालक ३५ वर्षीय लक्ष्मण तिमील्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको नवलपरासी र चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।






