कक्षा ११ को नतिजा प्रकाशित
असोज ७, काठमण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो ।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार बाउन्न परीक्षार्थी सहभागी थिए । जसमा ३ लाख ४९ हजार ६ सय ३ जना नियमित परिक्षार्थी छन ।
बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । नतिजा विभिन्न वेबसाइट तथा एसएमएसमार्फत हेर्न सकिन्छ ।
[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2019/09/Class-11-result-Publist.pdf” title=”Class 11 result Publist”]






