ट्रकबाट उम्केर भागेको राँगाे न्युरोडमा गाेली हानेर ढालियो
असोज ७, काठमाडौं – मंगलबार बिहान एउटा राँगोले काठमाडौंमा आतङ्क मच्चाएपछि गोली हानेर ढालिएको छ ।
ट्रकबाट ल्याईएको राँगो कालिमाटी पुर्याएपछि एक्कसी हामफालेर भागेपछि नियन्त्रण गर्न गाह्रो भएको थियो । कालिमाटिबाट स्वयम्भुको सडक हुँदै न्युरोडसम्म आतङ्क मच्चाउँदै दौडिएपछि प्रहरीले न्युरोड गेट नजिक गोली हानेर मारेको हो ।
राँगो आत्तिएकाले मानिसलाहरूलाइ हान्दै दाैडिदा केही मानिस घाइते भएका छन् । तर बिहान सबेरै यस्तो घटना भएकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बीर अस्पतालमा उपचार भइरहेको छ । राँगोले केही सवारी साधनमा पनि क्षति पुर्याएको छ ।






