मकवानपुर प्रहरीद्वारा गाँजा तस्करलाई गोली हानी नियन्त्रण, ७८ केजी गाँजा बरामद

तामसालिङ खबर
७ आश्विन २०७६, मंगलवार १७:०७

असोज ७, हेटौंडा – मकवानपुरको चुरीयामाई नयाँ वस्तीमा प्रहरीले गाँजा तस्करलाई गोलि हानी नियन्त्रणमा लिएको छ । नियन्त्रण पर्नेमा पर्सा जिल्ला विरगंज महानगरपालिका २९ का अफ्रिका चौधरी रहेका छन् ।

गाँजा बोकेको ट्रक र चेक जाँच गर्न ट्रकमा चढेको प्रहरी समेतलाई लिएर ट्रक भागेपछी मकवानपुर प्रहरीले तस्कर र गाँजा नियन्त्रणमा लिनका लागि दुई राउन्ड गोली प्रहार गरेको हो ।

गोली हानी गाँजा तस्कर र गाँजा वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो ।हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक चेकजाँच गर्न प्रहरी जवान संजिवकुमार दासलाई ट्रकको क्याबिन भित्र जाँच्न पठाएको थियो । तर चालकले प्रहरीलाई ट्रक भित्रै कब्जा गरी ट्रक भगाएका थिए ।

चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तिमा ट्रक रोकी प्रहरी जवानलाई लछारपछार गर्दै जंगल तर्फ लैजादै गर्दा प्रहरीले उनलाई पछ्याएको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक अरुण कुमार कुशवहाको नेतृत्वको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

घटनामा दुईजना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक सिंहले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । ट्रकको क्याविनबाट प्रहरीले १४ पोकामा रहेको ७८ किलो ८ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*