इन्डोनिसियामा एकैदिन २० जनाको ज्यान जाने गरि हिंसा

तामसालिङ खबर
७ आश्विन २०७६, मंगलवार १७:५५

असोज ७, एजेन्सी – इण्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण कम्तीमा २० जनाको ज्यान गएको त्यहाको अधिकारीहरूले बताएका छन् ।

घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो ।

‘मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ’ पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए । घाइते मध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*