किस्पाङमा तिन महिने बौद्धधर्म शिक्षा शिबिर सम्पन्न
असोज ७, नुवाकोट – तीन महिने बौद्धधर्म शिक्षा सम्बन्धी नि:शुल्क शिविर नुवाकोटको किस्पाङ गाउपालिका वडा नम्बर ३ काहुलेमा प्रशिक्षार्थीहरुलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको छ ।
तामाङ समुदायको धर्म संस्कार कला सास्कृतिक भेषभुषा, भाषा, लिपि शिक्षा, आर्थिक र बौद्ध धर्म दर्शन साहित्य सस्कृति परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास गर्दै बौद्ध धर्म शिक्षाको ध्वनीलाई गाउँ बस्ती सम्म पुर्याई समाज र राष्ट्र निर्माणको लागि सहयोग पुर्याउने उद्धेश्यले शिबिर गरिएको तामाङ बौद्ध महासघको महासचिब टेक राज मोक्तान तामाङले बताउनु भयो ।
तामाङ बौद्ध महासंघ नेपालको अध्यक्ष तथा खेन रेंपोर्छे धर्म गुरु गेशे ङिमा तामाङको प्रमुख आतिथ्यतमा बौद्धधर्म र तामाङ सस्कार सस्कृति सस्कृती सम्बन्धी प्रवचन लगायत गर्नु भएको थियो ।
३ नम्बर वडाको वडा अध्यक्ष अमृत बहादुर तामाङ, महासघको महासचिब टेकराज मोक्तान तामाङ्को अतिथिमा भएको कार्यक्रममा छुडुप छ्योलिङ गुम्बाको प्रमुख लामा कामी तामाङको सभापतित्वमा भएको थियो ।
समापन कार्यक्रममा स्थानीय समाजसेबी, सघ सस्थाको प्रतिनिधिहरु, राजनीतिक ब्यक्तित्व लगायत बुद्धिजिबिको उपस्थिति रहेको थियो । शिबिरको प्रमुख अतिथि खेन रिन्पोक्षेबाट दिप प्रज्जवन गरि उदघाटन गरिएको थियो । महासघको मलेसिया प्रबास शाखाको महासचिब सोनाम नोर्बु बोम्जन तामाङ्लाइ शिबिरमा आर्थिक सहयोग गरिएकोमा सम्मान गरिएको छ ।






