अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने तयारी
असोज ७, अमेरिका – अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् । डेमोक्रेट्सले औपचारिक रुपमा महाभियोग प्रक्रिया पनि सुरु गरिसकेको छ ।
ट्रम्पमाथि आफ्ना डेमोक्रेट्स प्रतिस्पर्धी जो बाइडन र उनका छोरा विरूद्ध भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भ्लोदमिर जेलेन्स्की माथि दबाव दिने प्रयास गरेको आरोप छ । राष्ट्रपति ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको भने स्वीकार गरेका छन् । नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको उल्लंघन गरेको आरोप पनि लगाएकी छिन् ।






