हेटौडामा दुइ दिनमै १८७ जनाले डेंगु रोग परिक्षण गरे
असोज ९, हेटौडा – टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अगुवाइमा मंगलबार देखि सञ्चालन भएको निःशुल्क ज्वरो र डेङ्गु परीक्षणमा १ सय ८७ जना बिरामीले परिक्षण गरिसकेको छ ।
हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा मंगलबार ८० र वुधबार १ सय ७ जना गरी दुई दिनमा १ सय ८७ जना विरामीले ज्वरो परीक्षण गरी सेवा लिएको छ ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अगुवाइमा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा निःशुल्क ज्वरो उपचार कक्ष स्थापना गरि निःशुल्क रुपमा ज्वरोको र डेङ्गुको परीक्षण शिविर सञ्चालन भएको हो ।
करिब १ हप्ता संचालन हुने शिविर मा ज्वरोका सबै बिरामीहरुलाई सहभागिता जनाइ डेङ्गु परीक्षण गर्न आग्रह गरेका छन् ।






