काभ्रेमा बस दुर्घटना हुँदा १० जना घाईते
असोज ९, काभ्रे – काभ्रेको कोशीपारीमा बस दुर्घटना हुदा 10 जना घाइते भएको छ । मदनकुडारीबाट काठमाडौ तर्फ आउदै गरेको बा २ ख ६३८६ नम्बरको बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुने चौरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिल्ला प्रहरी काभ्रेका अनुसार ६ जना भने गम्भीर घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नं ५ निवासी जगतनाथ चौलागाई खुुट्टा भाँचिएको छ । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।






